बालुवाटार जग्गा प्रकरण : थप २ जना पक्राउ

काठमाडौँ, २६ असार ।  ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ ।