काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।
सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी।)’ बाट उनी लामो समयदेखि पीडित थिइन् । अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन् ।