आभारभुत लेखा सम्बन्धी १२ दिने तालिम सम्पन्न

रत्ननगर, असार २६ । पूर्वी चितवनको रत्ननगर-७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा १२ दिने आभारभुत लेखा तालिम सम्बन्धी तालिम सम्पन्न भएको छ ।

असार १५ देखि २६ गतेसम्म सञ्चालन भएको तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा लेखाको परिचय, अवधारणा र उद्धेश्य, खाताहरुको परिचय र हिसाब, गोश्वरा भौचर लगायतको खातामा प्रविष्टी, भौचर संयोजन र स्थिति विवरणबारे सैधान्तिक प्रयोगत्मक अभ्यास गराईएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताए ।

उनले भने, “सौराहामा थुप्रै होटलहरुछन्, यो तालिम लिए पश्चात सौराहाका होटलहरुमा सजिलैसंग काम पाउन सकिन्छ ।” तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान समेत प्रमुख अतिथि महतोले आग्रह गरे । वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीले रोजगारीसंग जोडिएकाले यस तालिमको औचित्य रहेको बताए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोज मणी पौडेलले यस तालिमले रोजगारकिो सृजना अवसर प्रदान गर्ने बताए । उनले सिकाईलाई व्यवहारमा उतार्न सम्पूर्ण प्रशिक्षर्थीहरुलाई आग्रह गरे ।

समापन कार्यक्रममा बोल्दै तालिममा सहभागीहरुले लेखा सम्बन्धी तालिम आफ्नो लागि निकै प्रभावकारी भएको अनुभव सुनाए । बैदेशिक रोजगारीमा जादा समेत यस तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने बताए । १२ दिने तालिम अवधिभर द्धारिका रिजालले प्रशिक्षण दिएका थिए ।  तलिममा २७ जनाको सिहभागिता थियो ।

कार्यक्रम समापन समारोहमा सभा अध्यक्ष, अतिथि तथा प्रशिक्षकले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले यस तालिमले सौराहाका व्यवसायीहरुलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।लेखा तलिमले आर्थिक स्तरमा सुधार हुने भएकाले उनले खुसि व्यक्त गरेल ।

वनका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, आन्तरिक राजस्व कार्यालय खरहनीका प्रमुख अर्जुन पन्त, वडा नं. ६ की वडा सदस्य बविता चौधरी लगाएतले मनतव्य व्यक्त गरेका थिए भने कार्यक्रमलार्इ वनकी सदस्य सरस्ती चालिसेले सहजिकरण गरेकी थिर्इन् ।