कैलाली, असार २८ । सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफल गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले बजेट संशोधनको माग गरेका छन् ।
प्रदेश सभा बैठकमा उनले बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको भन्दै संशोधन गर्न आग्रह गरेका हुन् । उनले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठाडो बनाएर हिँड्ने अवस्था छैन । संशोधन गरियोस् ।