रुसले युक्रेनमाथि आक्रमण रोक्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन, तस्वीरहरू

काठमाडौं ,२८ असार । रसियाले युक्रेनमाथि आक्रमण गरेको आज ५०५ औ दिन भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ।

बिहिबार रसियन  दूतावास अगाडि युद्ध तत्काल रोक्न र शान्तिवार्तामा आउन दवाब दिने उद्देश्यसहित मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा सहभागीहरूले युद्ध लम्बिँदैछ मानवता पराजित हुँदैछ,रुसी आक्रमणका कारण खर्बौंको क्षति, रुसी आक्रमणका कारण करोड बढी शरणार्थी/ आन्तरिक रुपमा विस्थापित, रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु, रसीया स्टप वार लेखिएका प्लेकार्ड हरू बोकेका थिए।

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापति रामकृष्ण बरालको नेतृत्वमा भएको प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्व सभापति उत्तर पुडासैनी लगायतका अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। २४ फेब्रुअरी २०२२ मा नेटोसँग सम्बन्ध नजिक बनाएको भन्दै रुसले युक्रेनमाथि सैनिक हमला सुरु गरेको थियो।