अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य सर्वसम्मत

चितवन, २९ असार। नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चुनिएका छन् ।

अनेरास्ववियु चितवनको हिजो भएको २८औँ जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा ५१ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

अधिवेशनबाट अनेरास्ववियु चितवनको उपाध्यक्षमा सरोज तिमिल्सिना, सचिवमा अमित आचार्य, सह–सचिवमा निस्चल चडारा र निर्मल धिताल र कोषाध्यक्षमा अनुज न्यौपाने सर्वसम्मत भएका छन् ।