औषधि बिक्री–वितरण संहिता लागु गर्दै सरकार

काठमाडौँ, २९ असार  । सरकारले औषधि बिक्री–वितरण संहिता, २०८० लागु गर्ने भएको छ ।

औषधि व्यवस्था विभागले सो संहिता लागु गर्न सार्वजनिक सुझाव माग गरेको छ । यसअघि जारी गरिएको औषधि बिक्री–वितरण संहिता, २०७१ लाई अपडेट गरी नयाँ संहिता तयार पारिएको हो ।

सरोकारवालाले अनलाइनमार्फत संहिताको दफासहित १५ दिनभित्र सुझाव पठाउन सक्ने विभागले जनाएको छ ।