चितवनमा फिल्मी अवार्ड, चितवनको लागि गौरबः महाप्रबन्धक कार्की

चितवन, ३० असार । चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीब्र रुपमा अगाडी बढेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलोपटक ‘ लक्की फिल्मी फिल्मी अवार्ड ’ गर्दैछ । अवार्ड कार्यक्रमको प्रचारप्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रम पश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तीम चरणमा पुगेको छ ।

अवार्डलाई सम्पूर्ण कलाकार, फिल्मीकर्मीको प्रतिनिधित्व हुने गरी देशका विभिन्न जिल्लामा प्रचारप्रसार गरी समेत फर्केको छ र अन्य जिल्लामा पनि प्रचार प्रसारलाई निरन्तरता दिइएको छ । अर्वाड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारी तीब्र पारिएको आयोजक संस्था लक्की मिडिया हाउसका महा ( प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले जानकारी दिए । ‘विगत केही महिनादेखि हामी अवार्डको प्रचारप्रसार र देश दौडाहामा थियौं । उहाँले भन्नुभयो, अब बांँकी कामको लागि जुटेका छौं,’ कार्कीले भने । अवार्डका लागि आवश्यक पर्ने विभिन्न चरणहरु पार गर्दै अहिले कलाकारहरुको नोमिनेशनको काम भइरहेको उनले बताए ।

निर्णायक मण्डलले काम गरिरहको जानकारी दिँदै उनले विभिन्न विधामा अवार्ड वितरण हुने भएकाले सोही अनुसारको नोमिनेशन र छनौटको काम तीब्र रुपमा अगाडी बढेको कार्कीले जानकारी दिए । नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्धेश्य सहित फिल्मी अवार्ड गर्न लागिएको कार्कीको भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलो पटक हुन्छ , जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने । अवार्डमा २ दर्जन भन्दा बढी कलाकर्मी सम्मानित हुँदै छन् ।

उनले अवार्डको प्रचारप्रसारलाई अहिले देशव्यापी प्रचारप्रसार कार्य जारी रहेको बताए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको हो । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।