चितवन, ३१ असार । नारायणी नदीमा डुवेर एक युवा वेपत्ता भएका छन् । शनिवार साँझ ६ः२० बजेको समयमा भरतपुर महानगरपालिका ४ गैडाचोकस्थित नारायणी नदी किनारमा पौडी खेल्न गएका मकवानपुरको हेटौडा उपमहानगरपालिका ९ का २५ वर्षिय कृष्ण सुवेदी वेपत्ता भएका हुन् ।
उनि डुवेको खबर प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली घटनास्थलमा पुगेको थियो । वेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।