टिकौली जंगलमा तीन सवारी साधन ठोक्किदा एक जना घाइते

भरतपुर, ३१ असार । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

आइतबार बिहान १० बजे तीन वटा सवारी साधन ठोक्किदा ना १७ च ६८०० नं.को कार चालक ४६ वर्षिय कालिका नगरपालिका वडा नं ६ घ भएका टेकनाथ वाग्ले घाइते भएका हुन् । घाइतेको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता विजय पण्डितले जानकारी दिएका छन्।

टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार बीच विपरीत दिशाबाट जाँदै गरेको लु२च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठोक्किएको थियो ।

तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको छ।