काठमाडौं, ३१ असार ।आज नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै छ । बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा खेल हुने छ ।