चितवन, १ श्रावण । चितवनको भरतपुरबाट प्रकाशित लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगा ज्योति स्मृति पुरस्कारवाट सम्मानित भएका छन् ।
परमपुजनीय माता पिताको पुण्य स्मृतिमा अद्धैत संस्थाका केन्द्रिय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्धारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारवाट पत्रकार देवकोटालाई नगद सहित पुरस्कृत एवं सम्मान गरिएको हो । काठमाण्डौंमा आयोजित गुरु आमा जयन्ती महासत्संग समारोह २०८० को अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।
अद्धैत संस्थाका केन्द्रिय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीले उक्त पुरस्कार २०७३ सालमा स्थापना गरेका थिए । उक्त पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ ।