गुन्जनगरको रामजानकी मन्दिरमा झुन्डिएको अबस्थामा एक पुरुष मृत फेला

 गुन्जनगर,७ श्रावण । भरतपुर महानगरपालिका १८ गुन्जनगरमा रहेको रामजानकी मन्दिर परिसरको सतल मा एक पुरुष झुन्डिएको अबस्थामा मृत फेला परेको छ ।

स्थानीय वर्ष ३२ को अर्जुन महतो आज बिहान ५:३० बजे मन्दिर परिसरको सतलमा नाइलनको डाेरीले झुन्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यलय चनौलीले जनाएको छ ।

घटनाकाे मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि भरतपुर हस्पिटल पठाएको प्रहरी कार्यलय चनौलीले जनाएको छ ।