काठमाडौं, १० श्रावण । पछिल्लो समय सरकारले नयाँ शिक्षा ऐन ल्याउने तयारी गरिरहेको भन्ने बारे धेरैको बुझाई छ । शिक्षामन्त्री अशोक कुमार राई र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत छिटै नयाँ शिक्षा ऐन संसदमा पेश गर्ने तयारी गरेको बताइरहेका छन् । तर, कहिले पेश हुन्छ भन्ने विषय भने अहिलेसम्म अन्योल नै छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले अहिलेसम्म नयाँ आउने शिक्षा ऐनको ड्राफ्ट पनि आफुहरुले हेर्न नपाएको र बाहिर बाहिर हल्ला मात्रै सुन्दै आएको शिक्षा समितिमा छलफल नभएको बताउँदै आएका छन् ।
प्रतिनिधि सभाका १० वटा विषयगत समितिहरु मध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति एक हो । प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएको छ । आशा गरौं शिक्षा ऐन पनि यसैगरी फाष्ट ट्रयकबाट नभई सबै सरोकारवालाहरुसँग छलफल गरेरै आउँनु पर्छ । तर, सरोकारवालाहरुसँग छलफल नै नगरी यसलाई अगाडि बढाइने पो हो की भन्ने धेरैको चिन्त पनि देखिन्छ ।
हेरौं कुन कुन सांसद छन् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा
१. मा. श्री अरुण कुमार चौधरी
२. मा. श्री ईश्वरी घर्ती
३. मा. श्री उर्मिला थेबे
४. मा. श्री कालुराम राई
५. मा. डा. चन्द्रकान्त भण्डारी
६. मा. श्री छविलाल विश्वकर्मा
७. मा. श्री डिग बहादुर लिम्वु
८. मा. डा. तोसीमा कार्की
९. मा. श्री दिपा शर्मा
१०. मा. श्री दीपक कार्की
११. मा. श्री देवेन्द्र पौडेल
१२. मा. श्री प्रभु हजरा दुसाध
१३. मा. श्री बद्री प्रसाद पाण्डे
१४. मा. श्री भानुभक्त जोशी
१५. मा. श्री मनोरमा शेरचन
१६. मा. श्री महेन्द्र कुमार राय
१७. मा. श्री मिना यादव
१८. मा. श्री योगेश गौचन थकाली
१९. मा. श्री राम प्रकाश चौधरी
२०. मा. श्री लिला देवी वोखिम (लिम्बू)
२१. मा. श्री विद्या भट्टराई
२२. मा. श्री विनिता कुमारी सिंह
२३. मा. श्री वीना जैसवाल
२४. मा. श्री सरिता भुसाल
२५. मा. श्री सुमना श्रेष्ठ
२६. मा. श्री ज्ञानु बस्नेत सुवेदी