चितवन, ११ श्रावण । कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा झण्डै पाँच करोड सञ्चालन मुनाफा गर्न सफल भएको छ ।
आर्थिक संकटको असर चौतर्फी रुपमा परिरहेका बेला सो सहकारीले आर्थिक बर्ष २०७९/८० मा मात्र ४ करोड ८८ लाख २७ हजार १०० रुपैया मुनाफा गर्न सफल भएको हो । सो आर्थिक बर्षमा १२ करोड ९५ लाख ५६ हजार ९७१ रुपैया आम्दानी गरेको सो सहकारीले ८ करोड ७ लाख २९ हजार ८७१ रुपैया खर्च कटाएर ४ करोड ८८ लाख २७ हजार १०० रुपैया मुनाफा गर्न सफल भएको हो ।
शेयर सदस्यमैत्री सेवा प्रवाह गर्दै आएको सो सहकारीले चुक्ता शेयर पूँजी १० करोड ५४ लाख ४ हजार ४०० रुपैया रहेको छ । संकट आइपरे त्यसको सामधानका लागि सो सहकारीले जगेडा कोषमा पनि प्रयाप्त रकम राखेको छ । १० करोड ६१ लाख ८१ हजार ५३७ रुपैया जगेडा कोषमा रहेको संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले जानकारी दिए । २०६५ सालमा स्थापना भएको सो सहकारीको कुल सम्पती ८८ करोड ६३ लाख १५ हजार ९८८, कुल संस्थागत पूँजी १० करोड ८८ लाख ८ हजार ९९८ रुपैया रहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
अन्य कोषमा ३ करोड ९३ लाख ३६ हजार २१ रुपैया रहेको सो सहकारीले ऋण सुरक्षाकोषमा २ करोड ११ लाख ५६ हजार २३७ रुपैया राखेको छ । ५८ करोड ९६ लाख १६ हजार ६६१ रुपैया बचत संकलन गरेको सो सहकारीको तरलता रकम १४ करोड ५६ लाख ३० हजार ३३६ रुपैया रहेको छ । ७२ करोड ४९ लाख ९८ हजार ५४८ रुपैया कर्जा लगानी गरेको सो सहकारीले २७ लाख ७९ हजार ७९१ रुपैया वित्तीय लगानी गरेको छ ।
९६ लाख १३ हजार ७९४ स्थिर सम्पती रहेको सो सहकारीको तरलता प्रतिशत २४ दशमलब ७० प्रतिशत रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । सो सहकारीले ५८० जना शेयर सदस्यलाई विभिन्न १२ शिर्षकमा कर्जा लगानी गरेको छ । सुरक्षित सजिलो कर्जा, हायरपर्चेज कर्जा, घरेलु उद्योग, घरायसी, बेचविखन, कृषि,शैक्षिक, पशुपालन, बैदेशिक रोजगार, व्यापारमा कर्जा लगानी गर्दै आएको सहकारीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठकले बताए ।
सो सहकारीले आर्थिक करोबरसंगै शेयर सदस्यको हितका लागि सन्ध्याकलिन सेवा, मोबाइल बैंङकिङ, दुर्घटना बिमा, शेयर सदस्यको मृत्यु हुँदा राहत रकम, रेमिट सेवा, क्यूआर कोर्ड, विद्यार्थीलाई छात्राबृत्ती, वृद्धबृद्धालाई ज्येष्ठ सदस्य भत्ता, असल कर्जा कारोबारी सदस्यहरुलाई गीनकार्ड, सुपर ग्रीन कार्ड लगायतका अतिरिक्त सेवा प्रदान गर्दै आएको छ । ४ हजार ९०२ शेयर सदस्य रहेको सो सहकारीले पदमपुर, लाहुरेचोक, बकुलहर चोक र भरतपुरको सिनर्जीचोकमा शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ ।
२०६५ साल बैशाख १२ गते तत्कालिन जुटपानी गाविस वडा नं ६ खोलेसिमलमा ७५ जना शेयर सदस्यबाट ७ लाख ५० हजार शेयर पूँजि संकलन गरी सो सहकारी स्थापना गरिएको संस्थाका सचिव लालुप्रसाद दाहालले जानकारी दिए । होमनाथ सापकोटा/चितवन पोष्ट