नारायणी नदीमा डुबेर एक जना बेपत्ता

भरतपुर, १६ श्रावण । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

सोमबार दिउसो भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न गएका भरतपुर २ का १३ वर्षीय अमन ठकुरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठकुरी साथीहरुसँग पौडी खेल्न नारायणीमा गएका थिए । नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र फेला नपारेको प्रहरीले जनाएको छ । चितवन पोष्ट