मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभानमा मोटरसाईकल दुर्घटना हुदाँ १ को मृत्यु ,१ गम्भिर

मुग्लिन, १६ श्रावण । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना भएको छ । उक्त सडकखण्डको भरतपुर महानगरपालिका २९ स्थित सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ आईरहेको लु ३८ प ६२७० नं। को मोटरसाईकल र ना ६ ख ५६४२ नं। ट्रकमा ठक्कर खाई दुर्घटना भएको हो ।

अन्दाजी पौने ३ बजेतिर भएको उक्त दुर्घटनामा परि १ जनाको घटनास्थलमै ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाइते भएको छ । घाईतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज पठाईएको प्रहरी चौकी जुगेडीले जानकारी दिएको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।