चितवनमा लाइन अवरुद्ध प्राधिकरणको गैरजिम्मेवार जवाफ

विनोद अधिकारी
चनौली, १८ श्रावण । चितवन केही सातादेखि विद्युत लाइन अवरुद्ध भइरहेको छ । दैनिक चार देखि पाच घण्टा सम्म लाइन जाँदा घरायसी काम, कार्यालयको काम तथा अन्य सेवा सुविधा अनियमित भएको छ ।

चनौलीमा लाइन आउने जाने क्रम पाच दश मिनेटको फरक हुँदा चितवन आवाजको टिमले विद्युत वितरण केन्द्र चनौलीमा सम्पर्क गर्दा लाइन भरतपुर बाटै अवरुद्ध भएको चनौली वितरण केन्द्रले जानकारी दिएको थियो । भरतपुर बाट सिस्टममा गडबडी आएको वितरण केन्द्रिय चनौलीका एक कर्मचारीले बताए । चनौली केन्द्रबाट भरतपुर वितरण केन्द्रमा सम्पर्क गर्दा आफुहरु यसबारे जानकार नभएको भन्दै उम्किन प्रयास गरे ।

चनौलीको वितरण केन्द्र नै फरक हो हामीलाई चनौलीको थाहा छैन उतै बुझ्नु भन्ने जवाफ आयो । यसरी विद्युत जस्तो विषयमा जिम्मेवार पाएको  दुई निकायले नै गैरजिम्मेवार जवाफ दिनु कत्तिको स्वाभाविक होला ? गर्मीको समयमा लाइन जाने आउने हुँदा विभिन्न उपकरण पड्केर मानिसको मृत्यु भएको समाचार प्रती वितरण केन्द्र चनौली र भरतपुरको ध्यान जान आवश्यक देखिन्छ ।