नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिलाई बुझ बुझारथ कार्यक्रम सम्पन्न

काठमाडौं, १८ साउन । नेपाल होस्टल एसोसिएसनले काठमाडौं जिल्ला कार्यसमितिको नवौं साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बुझ बुझारथ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बिच बानेश्वरमा रहेको केन्द्रीय कार्यलयमा केन्द्रीय अध्यक्ष अरुण पराजुली, केन्द्रीय सल्लाहकार सुरज भट्टराइ, नरेन्द्र बहादुर महराको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नवनिर्वाचित प्रतिनिधीहरुलाई पूर्व प्रतिनिधिहरुले सम्पूर्ण विवरण हस्तान्तरण गरेका हुन् । एसोसिएसनले सरकारले महंगी नियन्त्रणमा जोड दिनुपर्ने कुरालाई प्रथमिकतामा राखेको छ ।

उक्त्त कार्यक्रममा बोल्दै नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष राजु भुजेलले होस्टल व्यवसायमा घर बहालले गर्दा निकै समस्या सिर्जना भएको बताएका छन् ।‘होस्टल व्यवसायमा सबैभन्दा समस्या घर बहालले निम्तिएको छ’, उनले भने,‘घरबेटीले घर भाडामा दिन्छ व्यवसायीले भाडा तिर्छ तर घरभाडा मात्रै नभइ त्यसको बाहाल पनि तिर्नुपर्ने बाध्यता व्यवसायीहरुबाट आएको यसलाई राज्यले नियमन गर्नुपर्छ ।’

उनले राज्यले यसमा ध्यान दिन आवश्यक भएको उनको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष चन्द्र प्रकाश मिश्रले होस्टल व्यवसाय सर्वसाधरणले बुझेको जति खराब नभएको बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष भोजिन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा थप राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त्त गरेका छन् । ‘संस्थाको अहित हुने कुनैपनी गतिबिधी नगर्ने कसैले गरेमा त्यो मान्य हुने छैन उनले भने,‘राज्यका निकायहरु संग समन्वय गरि होस्टल ब्यवसायलाई सुरक्षित,मर्यादित,ब्यबस्थित र चलायमान बनाउदै विद्यार्थी र ब्यबसायिको हितमा थप काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु। ’