भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र

चितवन, १९ श्रावण । बिगत लामो समय देखि उद्यमशीलताको क्षेत्रमा सकृय भि ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO 9001:2015) प्राप्त गरेको छ ।

बिगत २ महिना देखि गुणस्तरको लागि आबेदन दिएको र विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त गरेको भि ग्रुपका प्रमुख बिपिन कंडेलले बताउनु भयो ।

भि ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु संचालित छन् । ती कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको लागि गुणस्तर चिन्हको प्रमाणपत्र प्रप्त गरेको कंडेलले जानकारी दिनुभयो ।

भि ग्रुपले व्यावसायिक परामर्श , मिडिया संचालन , सुचना केन्द्र संचालन , घर जग्गा कारोबार , कन्स्ट्रक्सन , होटल तथा स्वास्थ्य सेवा संचालन लगायतका क्षेत्रमा गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गरेको हो ।