शहीद स्मारक कलेज द्धारा कक्षा ११ को परीक्षाफल प्रकाशन तथा विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

चितवन,१९ श्रावण । शहीद स्मारक कलेज बखानपुर,शारदानगरले आज (शुक्रवार) कक्षा १२ मा अध्ययनरत विभिन्न सङ्कायका विद्यार्थीहरूको कक्षा ११ को परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सगै कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई शिक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

दुई तर्फका व्यवस्थापन संयोजक सुवेदार होमबहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल वसन्त कुमार पौडेलले सभाअध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सबै सङ्कायमा प्रथम, दृतिय तथा तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने सबै सङ्कायमा प्रथम हुने एक एक जना विद्यार्थीहरुलाई कलेजले १२ महिनाको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजका सङ्काय प्रमुख तथा अन्य प्राध्यापकहरू बाट समेत अभिमुखीकरण तथा हौसला प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित सहभागीता रहेको थियो । सहायक प्रिन्सिपल राजु भाटले कार्यक्रमलाइ सहजीकरण गर्नु भएको थियो ।