स्वास्थ्य कार्यालय चितवनले शुक्रबार सार्वजनिक गरेको तथ्यांकलाई विश्लेषण गर्दा बिगत चार दिनमा नै डेँगु संक्रमितहरुको संख्या झण्डै तीन गुनाले वृद्धि भएको हो ।
साउन १५ गतेसम्म चितवनमा डेँगु संक्रमितहरुको संख्या १३ जना रहेकोमा साउन १९ गते आइपुग्दा यो संख्या बढेर ३७ जना पुगेको छ । यही अनुपातमा संक्रमितको संख्या हरेक दिन बढ्दै जाने हो भने चितवनमा डेँगुको संक्रमण भयाबह बन्न सक्ने स्वास्थ्य विज्ञहरुको चिन्ता छ ।
स्वास्थ्य कार्यालयका अनुसार साउन १ गतेदेखि शुक्रबारसम्म भएको ३२५ वटा परीक्षणमा ३७ जनामा डेँगु पुष्टि भएको थियो । जसमा ठेगाना नखुलेका ६ जना, चितवनका जम्मा १९ जना र अन्य जिल्लाका १२ जना रहेका छन् । चितवनका संक्रमितहरुमध्ये भरतपुर महानगरपालिका ६ जना, खैरहनीका ३ जना, रत्ननगरका ७ जना र राप्ती नगरपालिकाका तीन जना रहेका छन् ।