आँबुखैरेनीमा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु

आँबुखैरेनी, २१ श्रावण । तनहुँको आँबुखैरेनी गाँउपालिकाले वडा नं. १ मा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु भएको छ । ‘अध्यक्ष सँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समुहसँगको सहकार्यमा अभियान संचालन गरिएको पालिकाकाका अध्यक्ष शुक्र चुमानले बताए ।  आमा समुहलाई उत्पादनमूलक समुहमा परिणत गर्ने अभियान अन्तरगत समुह मार्फत व्यवसायीक फुल खेतीसुरु गरिएको उनले बताए ।

अभियान अन्तरगत पहिलो चरणमा वडा नं. १ मा रहेका आधिमुल आमा समूह ८ हजार ४ सय विरुवा र यान्चोक आमा समूहमा १२ हजार विरुवालाई  १७ रोपनी क्षेत्रफलमा सयपत्री फुलको विरुवा वितरण गरिएको गाँउपालिकाले जनाएको छ । पुष्प व्यवसायबाट कृषकहरुको आयआर्जन गर्न साथै बिदेशबाट हुदै आएको पुष्प आयातलाई प्रतिस्थापन गरी गाँउपािलकालाई पुष्पमा आत्मिनभर बनाउने यो कार्यक्रमको लक्ष्य रहेको अध्यक्ष चुमानले बताए ।

गाउँपालिकाका अध्यक्ष चुमानकै अगुवाइमा शुक्रबार देखी विरुवा रोप्न थालिएको हो । अभियानमा उपाध्यक्ष दुर्गा अर्याल,लगायतको सहभागीता थियो ।

तस्वीरः मनोज बास्तोला