खेलकुद पत्रकार मञ्च चितवनलाई एक्सपर्टद्धारा जर्सी सहयोग

चितवन, २० श्रावण । नेपाल खेलकुद पत्रकार मञ्च चितवनलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रालि चितवनले जर्सी सौजन्य गरेको छ । एक्सपर्टले शनिबार मञ्चलाई एक सेट जर्सी सौजन्य गरेको हो ।

एक्सपर्टसँगको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा आजबाट सुरु भएको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ कै बीच एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मञ्चका अध्यक्ष बिनोदबाबु रिजाललाई जर्सी हस्तान्तरण गरे । सो क्रममा एक्सपर्टका प्रवन्ध निर्देशक अधिकारीले मञ्चले आगामी दिनमा गर्ने कार्यक्रमहरुमा सहकार्य गरिने बताए । मञ्चका अध्यक्ष रिजालले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताए ।

यसैबीच मैत्रीपुर्ण फुटसलमा खेलकुद पत्रकार मञ्च चितवन विजयी भएको छ । भरतपुरको चितवन फुटसलमा भएको खेलमा मञ्चले बेटर चितवनलाई ६९१ ले पराजित गरेको हो ।