बेटर चितवनको ´युथवन-२०२३´ फुटसल प्रतियोगिता सम्पन्न

चितवन, २१ श्रावण । युथवन २०२३ युवा उत्सवको आज पहिलो दिन विभिन्न सामाजिक संस्थाहरुको विचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।विभिन्न ८ वटा संस्थाहरुको सहभागिता रहेको खेलमा पुरुष तर्फ रोट्राक्ट क्लब अफ नारायणी मिड टाउनले प्रथम र सरल नेपालले दोस्रो स्थान हासिल गरेका छन् । साथै महिला तर्फको प्रतियोगितामा सोच परिवर्तन नेपालले प्रथम र वे ग्रुप नेपालले दोस्रो स्थान हासिल गरेका छन् । सोही दिन आयोजक र पत्रकारहरु विच मैत्रिपुर्ण खेल पनि भएको थियो जसमा पत्रकारहरुले विजयी हासील भएका थिए ।

अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर बेटर चितवनले चितवनका १६ वटा संघसंस्थाहरुसँग सहकार्य गरि युथवन-२०२३ युवा उत्सवको आयोजना गरेको कार्यक्रमका संयोजक सचिन चापागाईले जानकारी दिनुभयो । फुटसल प्रतियोगिताको प्रमुख प्रायोजक भिटो एजुकेसन रहेको थियो ।

आइतबार देखि ६ दिनसम्म बिद्यालयमा सचेतनामुलक कार्यक्रम गर्ने र यही बिचमा भिजिट भरतपुर सम्वन्धी भिडियो प्रतियोगिता र युवाः आकान्क्षा र सपना शिर्षकमा अनलाईन कविता प्रतियोगिता आयोजना गर्ने तयारी रहेको संयोजक चापागाईले बताउनु भयो । युथवनको अन्तिम दिन अर्थात श्रावण २७ गते शनिवार अन्तराष्ट्रिय युवा दिवसको दिन विविध सचेतनामुलक प्रदर्शनी, नाटक, युवा फोरम, सांस्कृतिक तथा सांगेतिक कार्यक्रम, रमाईलो खेलहरु र युवा सम्मान कार्यक्रमको आयोजना गरिदैछ ।