प्रहरीले भरतपुर–१८ भुवनवस्तीका बुद्धिबहादुर राना, २६ वर्षीय प्रकाश मगर र २९ को प्रकाश वस्ताकोटीलाई नियन्त्रणमा लिएको छ । अभियुक्तहरुले स्टिलको प्लेटमाथि गाँजा जस्तो पदार्थ राखी चुरोटको खिल्लीमा भर्दै गरेको अवस्थामा फेला पारी निजहरूलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले सोही स्थानमा खानतलासी गर्दा लागुऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ एक ग्राम ५०० मिली ग्राम र गाँजा जस्तो देखिने पदार्थ २२ ग्राम फेला परेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।