पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यस्तै, खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।