इच्छाकामनाका पशुहरुमा भोलीदेखि लम्पीस्कीन विरुद्धको खोप लगाईने

कुरिनटार, २५ श्रावण । चितवनको इच्छाकामना गाउँपालिकाका पशुहरुमा भोलीदेखि लम्पीस्कीन रोग विरुद्धको खोप लगाईने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै भोलीदेखि साउन ३१ गतेसम्म पशुहरुमा लम्पीस्कीन रोग विरुद्धको खोप लगाईने अभियान सुरु गर्ने जानकारी दिएको हो ।

बागमती प्रदेश सरकारको सप्ताहव्यापी लम्पीस्कीन विरुद्धको खोप लगाउने अभियान अन्तर्गत इच्छाकामनामा भोलीदेखि खोप लगाउन सुरु गर्न लागिएको गाउँपालिकाको पशु शाखा प्रमुख डा. सुनिल ज्ञावलीले जानकारी दिए । उनका अनुसार अभियान अवधिभर इच्छाकामना १, २, ५ र ६ का करिब ७ सय पशुलाई खोप लगाईनेछ ।

लम्पीस्कीनका कारण इच्छाकामनामा करिब २ हजार पशु प्रभावित भएको र ६० वटा पशु मरेको उनले बताए ।