आँबुखैरेनीमा ३ दिने आँखा शिविरः दोस्रो दिन ३ सय १० बालबालिकाको आँखा परीक्षण

आँबुखैरेनी, २५ श्रावण । पालिका भित्र आँखा पाक्ने रोगको प्रकोप बढ्न थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले सोमबारदेखि सुरु गरेको ३ दिने निःशुल्क आँखा परीक्षण शिविरका दोस्रो दिन ३ सय १० जना बालबालिकाको आँखा परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाको ३ वटा विधालयमा शिविर संचालन गरेको हो ।

पहिलो दिन रामशाह मावि आँबुखैरेनीमा शिविर संचालन गरिएको थियो भने दोस्रो मित्रता मावि सत्रसयमा शिविर संचालन गरिएको थियो । मित्रता माविमा गरिएको शिविरमा आँबुखैरेनी गाउँपालिका–१ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका ७० र मित्रता माध्यमिक विद्यालयका दुई सय ४० बालबालिकाको आँखा परीक्षण गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा दुई विद्यालयका बालबालिकाको आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

आँखा रोग विशेषज्ञ सहितको टोलीले बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए । अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिने चुमानले बताए ।

यस्तै जारी शिविर आज छिम्केश्वरी मावि भाँगेमा संचालन हुदैछ ।