नारायणी नदीमा पानीको सतह नौ मिटर पुग्यो

चितवन, २८ श्रावण । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार राती साढे नौ बजे नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।

देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ८५ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।
नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।