सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ पक्राउ

काठमाडौं,३० श्रवाण । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दियो ।

चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

मंगलबार सुन गालेर तौल गर्दा ६० किलो ७१६ ग्राम भएको पाइएको छ । चितवन पोष्ट