टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो

भरतपुर,३१ श्रावण । टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् ।

घाइतेहरुलाई पुरानो मेडिल कलेज र भरतपुर  अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ  । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।