नयाँ इतिहास रच्ने लक्ष्यमा छु : नेयमार

ब्राजिलियन स्टार खेलाडी नेयमार अहिले साउदी अरेवियाको क्लबमा अनुबन्ध भएका छन् । साउदी प्रो लिग क्बल अल हिलालले नेयमारलाई अनुबन्ध गरेको हो ।

उसोत अहिले साउदी लिगमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, एन्गोलो कान्टे लगायत युरोपमा राम्रो गरेका खेलाडी अनुबन्ध छन् ।

साउदी प्रो लिगमा अनुबन्ध पछि नेयमारले आफू नयाँ चुनौतीका लागि तयार भएको बताएका छन् । युरोपमा आफूले धेरै कुरा प्राप्त गरेको र अब ग्लोबल खेलाडीको रुपमा आफू प्रस्तुत हुन लागेको बताए ।

‘मैले युरोपमा धेरै कुरा प्राप्त गरे । म सधै ग्लोबल प्लेअर भउर बस्न चाहन्थे । अब मलाई नयाँ चुनौतीको सामना गर्नुछ त्यसको लागि म तयार छु,’ नेयमारले भने ।

नेयमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० गएका थिए । उनी पछिल्लो समय पीएसजीका प्रशिक्षक लुइस एन्रिकेको नयाँ सिजनको प्लेइङ सेट भन्दा टाडा थिए ।

त्यसैले उनले साउदी लिगमा आफूलाई स्थापित गर्न चाहेको पनि बताइएको छ । नेयमारले आफू खेलकुदमा नयाँ इतिहास कोर्नका लागि भएपनि साउदी अरेविया आएको बताए ।

‘म खेलकुदमा नयाँ इतिहास कोर्न चाहन्छु । त्यसैले म यहाँ आएको छु । साउदी प्रो लिग अहिले विश्वको ठूला लिगहरुमा पर्छ । यो लिगमा धेरै राम्रो खेलाडीहरु छन् । त्यसैले प्रतिस्पर्धा पनि धेरै हुने देखिन्छ,’ नेयमारले भने । बीबीसी