सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौँ,३२ श्रावण । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुँदै छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ ।

उक्त मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भई धरौटीमा रिहा भएका लामिछानेको मुद्दाको सुनुवाईमा ढिला हुँदै आएको छ । पछिल्लो समय उनी सर्वोच्च अदालतको आदेशमा क्रिकेट खेलन देशबाहिर जान पाएका थिए । उनी हालै मात्र विश्वकप छनोट खेलका लागि जिम्बावे गएर फर्किएका छन् ।

एक नाबालिग किशोरीमाथि उनले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको अभियोग लागेको छ । गत फागुन १५ गते सर्वोच्च अदालतले सो मुद्दा उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन आदेश दिए पनि मुद्दाको फैसलामा विभिन्न बहानामा ढिलाइ गरिँदै आएको छ ।