आफ्नो लिङ्ग आँफै काटेर अस्पताल पुगे मकवानपुरका एक युवक

मकवानपुर, ३२ श्रावण । हेटौँडामा एक युवक आफ्नै गोप्य अंग (लिङ्ग) काटेर घाइते भएका छन् । गएराति मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको होटलमा बसेका २२ नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर घाइते भएका हुन् ।

उनी रातिको करिब १२ बजेतिर घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेको चिकित्सकहरुले बताएका छन् । उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ । ती युवक मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँका भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले गएराति १० बजेतिर आँफै लिंग काटेका थिए । उनले प्रहरीसमक्ष आफ्नो लिंग आँफै काटेको वयान दिएकोसमेत बताइएको छ ।

Source:N24