रत्ननगरमा वृक्षरोपण सम्पन्न 

चितवन, २ भाद्र । ईभरग्रिन ईको क्लबको आयोजनामा रत्ननगर-९ स्थित खगेरी खोलाको किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बर, पिपल, शमी, सिमल, शिरीष, सिसौ, राजवृक्ष, आँप, लिची, कटर, अम्बा, सरिफा, जामुना, क्यामुनु, बाँस, बकैना, बडर, कोइराला, डुम्री जस्ता बिरुवाहरू रोपिएको छ ।

कार्यक्रममा टिकौली मध्यवर्ती वन उपभोक्ता समूह रत्न प्रिय युवा क्लबका अध्यक्ष वसन्त राना, मृगकुन्ज उपभोक्ता समिति अन्तर्गतको समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण युवा जागरण अभियानकी सचिव सरस्वती सेढाई, चित्र सेन सामुदायिक वन उपभोक्ता समूहकी सचिव रिता थापा, स्थानियबासिहरु र क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।