गीतानगरमा निःशुल्क मधुमेह शिविर

गीतानगर । भरतपुर–१५, फूलबारीस्थित कृष्ण केसी प्रतिष्ठान र गीतानगर लायन्स क्लवको संयुक्त आयोजनामा निःशुल्क मधुमेह शिविर गीतानगरबजारमा शनिबार सम्पन्न भएको छ ।

कृष्ण केसी प्रतिष्ठानका अध्यक्ष विदूर केसीको अध्यक्षता एवं भरतपुर–६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको शिविरमा ६५ जनाले मधुमेह जाँच गराएका थिए । शिविरमा गीतानगर स्वास्थ क्लिनिकका सिएमए निरीक्षक सुनिल श्रेष्ठले निःशुल्क सेवा र प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा रमेश कोइराला, कृष्ण भण्डारी, सुरेन्द्र केसी , समीर केसी, गीतानगर लायन्स क्लवका सचिव राजन श्रेष्ठ, कुमार पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।