भरतपुर महानगरद्वारा सात लघु उद्यमी समूहलाई प्रविधिका सामान सहयोग

चितवन, ४ भदौं । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत सात समूहलाई प्रविधि हस्तान्तरण गरेको छ ।

उद्यमी समूहलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्त रुपमा प्रविधि हस्तान्तरण गरेका हुन् ।

महानगरबाट सञ्चालित मागका आधारमा तालिम लिएका वडा नम्बर १३, २३, २४ / २५ नम्बरका उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रविधिका सामानहरु हस्तान्तरण गरिएको हो ।

हस्तान्रणपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरबासीलाई दक्ष जनशक्ति बनाउन यस्तो कार्यक्रम ल्याइएको उल्लेख गरिन् । महानगरले मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउदै आएको जानकारी पनि दिइन् । यस्ता कार्यक्रमले उद्यमीहरुलाई स्वालम्बी, आत्मर्निभर बनाउन सहयोग पु¥याएको उनको भनाइ छ ।

मेयर दाहालले आगमी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधिहरु हस्तान्तरण गरिने पनि बताइन् । उद्यमीहरुलाई केराको सुत्लाबाट रेसा निकाल्ने मेशिन १ थान, कुखुरालाई दाना दिने भाँडो २५० थान, मिक्चर दुई थान, भट्टी चुलो २ थान , पानी ट्याङ्की ९ थान, लुगा सिलाउने मेशिन २ थान र ईन्टरलक मेशिन चार थान दिइएको हो । प्रविधिलाई तीन लाख ९६ हजार १८० रुपैयाँमा खरिद गरिएको महानगरको सामाजिक शाखाले जनाएको छ ।