बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै : मन्त्री बस्नेत

चितवन, ५ भाद्र । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिकरुपमा घोषणा गरिनेसमेत बताएका हुन् ।

औपचारिकता दिनुपर्ने केही काम बाँकी रहेकोले त्यो काम सकिएपछि सम्झौता कार्यान्वयनमा जाने उनले बताए। उनले सुख्खा र वर्षा दुवै समयमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताए । वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ ।

उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ । पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै हाल देखिएका समस्या छिट्टै समाधान हुने उनले दाबी गरे ।