नारायणी कला मन्दिरमा भदौं १४ गतेबाट ‘एक चिहान’ नाटक मञ्चन गरिँदै

चितवन,६ भाद्र । नारायणी कला मन्दिरमा भदौं १४ गतेबाट ह्दयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ लाई नाट्य रुपान्तरण गरी मञ्चन गरिने भएको छ ।

‘कर्मी चौतारी’ संस्थाले नारायणी कला मन्दिरसँगको सहकार्यमा सो नाटक मञ्चन गर्न लागेको हो ।

कर्मी चौतारीले आज कला मन्दिरमा गरेको पत्रकार सम्मेलनमा नकुल पौड्यालद्वारा निर्देशित यस नाटकमा चितवनका १७ कलाकारले अभिनय गर्ने जानकारी दिइयो । कर्मी समूहले नाटकको विषयवस्तु कक्षा १२ को पाठ्यक्रममा पनि रहेकोले यसलाई विद्यार्थीसँगको ‘शैक्षिक अन्तरक्रिया’ को रुपमा पनि अथ्र्याइएको छ । कर्मी समूहले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यस नाटकलाई सकेसम्म बढी विद्यार्थी र शिक्षकहरु माझ पु¥याउनु र उनीहरुसँग शब्द र दृश्य पाठबीचको अन्र्तसंवाद गर्नु नै यस नाटकको मुख्य अभिष्ट हो ।

साथसाथै यस नाटकले हाम्रो साझा सपना ‘चितवनमा एक सुविधा सम्पन्न थिएटरको निर्माण’ मा पनि जगको भूमिका खेल्नेछ भन्नेमा आशावादी छौं । यस चितवन र नवलपुर जिल्ला भित्रका विद्यालय , शैक्षिक संस्था र प्रशासनिक कार्यालयहरुलाई आआफ्नो तर्फबाट यथासक्य सहयोगका लागि अपिल गर्दछौं ।’