उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भिड

चितवन, ६ भदौँ । भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो ।

फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजिल्याण्डको बारेमा बुझेर आफ्नो जिज्ञासा मेटाएपछि खुशी थिए । उनको खुशीमा थप खुशी थपियो प्याराग्लाइडिङको टिकटले । फेष्टमा वान टु वान काउन्सिलिङ पछि लक्की ड्र मार्फत उनले भरतपुर–२९ चौकीडाँडामा रहेको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको एउटा टिकट उपहार पाए । ‘आज म धेरै खुशी छु, आफ्नो शैक्षिक करियरको बारेमा पनि बुझ्न पाए, प्याराग्लाइडिङमा उड्ने अवसर पनि पाए, एक्सपर्ट चितवनलाई धेरै धेरै धन्यवाद’–भण्डारीले भने । भण्डारीसंगै महेश अधिकारीले समेत प्याराग्लाइडिङको टिकट उपहार जिते ।

भण्डारी जस्तै एक्सपर्ट एजुकेशन फेष्टमा सहभागि सबै विद्यार्थी खुशी थिए । सौराहाकी सचिंता तिमल्सिनाले आफू जान चाहेको देशको शैक्षिक अवस्थाको बारेमा जानकारी लिए । ढुक्क भएर बाहिरिने क्रममा गरिएको लक्की ड्र मार्फत उनले गैंडाकोटको मौलाकाली केबलकारको टिकट उपहार पाए । ‘वान टु वान काउन्सिलिङमा मैले धेरै कुरा जान्न पाए, केबलकारको टिकट पनि पाए, एक्सपर्टलाई धन्यवाद’–तिमल्सिनाले भनिन् । उनी जस्तै विद्यार्थीहरुले काउन्सिलिङका साथै कोहीले सिनेमाको टिकट प्राप्त गरे भने हातखाली नजाने अन्य उपहारहरु पाए ।

‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ मा बुधबार विद्यार्थीको विहानैदेखि भीड लागेको थियो । विहान १० बजेदेखि सुरु भएको फेष्ट दिउँसो ३ बजेसम्म चलेको थियो । फेष्टमा काउन्सिलिङका लागि विदेशबाटै आएका ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु एकछिन पनि खाली भएनन् । अन्तिम समयमै विद्यार्थीहरुको भीड भएपछि व्यवस्थानमा हम्मे हम्मे परेको थियो । ‘यसपटक विद्यार्थीहरुको निकै उत्साह पायौं, धेरै विद्यार्थीहरुले वान टु वान काउन्सिलिङबाट धेरै कुरा बुझ्न पाएको सुनाउँदा हाम्रो कार्यक्रमले सार्थकता पाएको महसुस भयो–एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भने । उनले धेरै विद्यार्थी तथा अभिभावकलाई आफ्नो कौतुहलता मेटाउन फेष्ट सफल भएकोमा सबैमा धन्यवाद समेत ज्ञापन गरे ।

फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरु सहभागि भएका थिए । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेको थियो । त्यसका साथै फेष्टमा बैंकिङ पार्टनरको रुपमा रहेको माछापुच्छ्रे बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदान गरेको थियो ।

फेष्टको समापनमा एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज क्वीन्सल्याण्डका डिरेक्टर अरुण पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ग्रुप जनरल म्यानेजर मंजित घिमिरेको विशेष उपस्थिति रहेको थियो ।