कनेक्ट अष्ट्रेलियन एजुकेसनले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र

चितवन, ७ भाद्र । बिगत लामो समयदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा लगायतका देश जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ ९००१ः२०१५) प्राप्त गरेको छ ।

बिगत २ महिना अघि आवेदन दिएकोमा विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त भएको कनेक्ट नेपालका प्रमुख मेघराज कँँडेलले बताउनुभयो ।आफू स्वयं अष्ट्रेलिया लामो समय बसेकोले यसका लागि आवश्यक मापदण्ड पूरा गर्न मद्दत मिलेको उहाँको भनाइ छ । ६ वर्षदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा लगायतका देश जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले देशभर नौ शाखा सञ्चालन गरिसकेको छ ।

कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेलले यो गर्वको बिषय भएको बताउनुभयो । यो एउटा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ। ‘नेपालमा पहिलो (आईएसओ ९००१ः२०१५) प्रमाणित परामर्शदाता गुणस्तर व्यवस्थापन प्रणालीहरूको लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मानक हो, उहाँले भन्नुभयो, ‘यो प्रमाणीकरण प्राप्त गर्नाले उच्च–गुणस्तरका सेवाहरू प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ।’ यसले परामर्शदाताबाट शिक्षा र भिसा सेवाहरू खोज्ने विद्यार्थीहरूको विश्वास बढाउने बताउनु भयो ।