हुलास ब्रान्डद्वारा चितवनका व्यवसायी सम्मानित

भरतपुर, ७ भाद्र । नेपाली खाद्य बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हुलास ब्रान्डले चितवनका व्यवसायीलाई मंगलबार सम्मान तथा पुरस्कृत गरेको छ । भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कारोबार गर्ने बिक्रेताहरुलाई सम्मान गरेको हो ।

हुलास फुडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार गोल्छा प्रमुखअतिथि रहेको सो कार्यक्रममा सङ्गम ट्रेडर्सका सूर्यप्रकाश रेग्मी प्रथम स्थान हासिल गर्दै १५ तोला चाँदीसहित पुरस्कृत भएका छन् । द्वितीय स्थान हासिल गर्दै गौतम स्टोर्स नारायणगढले १२ तोला चाँदी तथा तृतीय स्थान हासिल गर्दै जय शिव गल्ला नारायणगढले १० तोला चाँदी जितेर पुरस्कृत भएका छन् । सो अवसरमा हुलास फुडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार गोल्छाले प्रतिस्पर्धात्मक बजारमा हुलासको सफलतापछि थप उत्पादन बजारमा ल्याउने तयारी गरिएकोे बताए ।

कार्यक्रमका बोल्दै हुलास खाद्य चितवनका लागि आधिकारिक वितरक सङ्गम ट्रेडर्सका सूर्य रेग्मीले आगामी दिनमा उपभोक्ताहरुको माझमा हुलासलाई थप लोकप्रिय बनाउने प्रतिबद्धता जनाए ।

कम्पनीका बजार प्रमुख शैशवी निरौलाले उत्पादनको विशेषता र मह¤वका बारेमा प्रस्तुतीकरण गरेको कार्यक्रममा कम्पनीका वित्तीय प्रमुख पवनकुमार जैनले बजारीकरणको समस्या र त्यसको निराकरणका लागि प्रतिबद्धता जनाएका थिए । एरिया म्यानेजर सुजित तिमल्सिनाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । बजार प्रबन्धक सुम्निमा बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।