बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्याे (सूचीसहित)

काठमाण्डाै,७ भाद्र । बाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज बिहीवारदेखि लागू हुने गरी भाडा बढाएको हो ।

अब काठमाण्डाै उपत्यकामा पाँच किलोमिटरसम्मको न्यूनतम भाडादर एक रुपैयाँ बढेर १९ रुपैयाँ कायम भएको छ । त्यस्तै १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ ।

काठमाण्डौ उपत्यकाबाहिर प्रदेशभित्र चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको भाडा पाँच दशमलव ३१ प्रतिशतले बढेको छ । भाडा  दर हेर्न यहाँ क्लिक गर्नुहोला ।