प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छ : महासचिव गजुरेल

काठमाडौं,८ भाद्र । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताउनुभएको छ ।

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताउनुभएको हो ।

महासचिव गजुरेलले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताउनुभयो । उहाँले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरुको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महासचिव गजुरेलले बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले उहाँले व्यवसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको बताउनु भयो ।

 

Source:Imagekhabar

ताजा समाचार