चितवन, ९ भाद्र । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बस पार्कको रुपमा विकास गरिने बताएकी छन् ।
नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उनको भनाइ छ । जिम्मेवारीपूर्ण ढंगबाट दैनिक बसपार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि उनले राखिन् । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विका संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन् ।
विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन् । संस्थाले ३० कठ्ठामा फूल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ ।