चितवनसहित यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ९ भदौ । वर्षाका कारण केही नदीमा जलसतह बढेको छ । सप्तकोसी नदी र यसका सहायक नदीहरू तमोर, अरुण, सुनकोसी नदीको जलसतह सतर्कता तह आसपास रहेको छ । आज यी नदीहरूको जलसतह केही घट्ने तर सतर्कता तह आसपासमै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर आसपास भएर बहने नदीमा आज बाढीको जोखिम रहेको छ ।
मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रसुवा, नुवाकोट, गोरखा र आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।