मुग्लिन-नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा

चितवन, ९ भाद्र  । पहिरोको कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा आएको छ । बर्षाका कारण पहिरो खस्दा यस सडक खण्डको नाम्सि पुल नजिकै एक तर्फि सञ्चालनमा रहेको थियो ।

आज दिउँसो सवारी साधनलाई दुई  घण्टा  रोकेर पहिरो हटाएपछि साँझ ५ः४५बाट दुई तर्फि सञ्चालन गरिएको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यातायात दुई तर्फि नै सञ्चालनमा ल्याउनका लागि ३ वटा मेशिन प्रयोग गरिएको थियो ।

यस स्थानमा पटक पटक पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।