जुम्ला, ११ भाद्र । झन्डै ७ हजार प्राविधिक जनशक्ति उत्पादन गरेको राजधानीबाहिरको जेठो कर्णाली प्राविधिक शिक्षालय पूर्वाधार र जनशक्ति व्यवस्थापन नहुँदा संकटमा पर्दै गएको छ । सञ्चालनको झन्डै चार दशक बित्दा शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाका भरमा चलेको छ भने प्रयोगशाला र प्रशिक्षकको समेत अभाव झेलिरहेको छ । पूर्वाधार अभावमा पछिल्लो समय शिक्षालयमा विद्यार्थीको मोह पनि घट्दै गएको छ ।
शिक्षालयको व्यस्थापनमा अहिले बजेट अभाव मुख्य समस्याका रूपमा देखिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र सरोकारवाला निकायले चासो नदिँदा पश्चिम पहाडको प्राविधिक शिक्षाको केन्द्र थलिँदै गएको हो । प्रदेश सरकारले संघ सरकार मातहतमा रहेको भन्दै बजेट दिन मानिरहेको छैन भने संघीय सरकारको पनि प्राथमिकतामा नपर्नुले समस्या भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताए । ‘केन्द्रमा सीटीईभीटीमार्फत र प्रदेशमा सांसदहरूमार्फत हरेक वर्ष बजेटको माग गरिरहन्छौं,’ उनले भने, ‘तर, कुनै निकायबाट उपयुक्त सम्बोधन हुन सकिरहेको छैन ।’
बजेट अभावले ४० वर्ष पुरानो संरचनाकै भरमा शिक्षालय सञ्चालन भइरहेको छ । अधिकांश भवनमा पानी चुहिन्छ भने एक दर्जन छात्रावास भवन भत्किने अवस्थाका पुगेका छन् । जुम्लाको चन्दननाथ–३ को ६ सय ५२ रोपनी जग्गामा फैलिएको शिक्षालयमा अहिले ५८ वटा भवन छन्, तीमध्ये अधिकांश चुहिने र भत्किने अवस्थामा पुगेका हुन् । २०४० सालमा स्थानीय जनशक्तिबाट ढुंगा र माटो प्रयोग गरेर भवन बनाइएका थिए । संघीयतापछि शिक्षालयको विकासमा संघीय र प्रदेश सरकार झन्झन् अनुदार देखिएको शिक्षालय प्रमुख थापाले बताए । सीटीईभीटीबाट तलबभत्ता र प्रशासनिक खर्चमात्र उपलब्ध हुने भएकाले पूर्वाधार व्यवस्थापनमा समस्या भइरहेको हो ।
शिक्षालयमा अहिले तीनवर्षे डिप्लोमा तहमा ६ वटा विषय र १८ महिने टेक्निकल स्कुल लिभिङ सर्टिफिकेटमा २ विषयको पढाइ हुन्छ । डिप्लोमातर्फ सिभिल इन्जिनियरिङ, फार्मेसी, फरेस्ट्री, एग्रिकल्चर विषयको पढाइ भइरहेको छ । इन्जिनियरिङतर्फ ४८ जना र अन्य विषयमा ४०/४० जनाको कोटा छ । प्रि–डिप्लोमाअन्तर्गत जेटीए र सबओभरसियरमा ४०/४० जना विद्यार्थी पढाइरहेको शिक्षालय प्रमुख थापाले बताए । चिकित्सा शिक्षा आयोगले १ सय बेडको अस्पताल भएपछि मात्र पढाउन मिल्ने प्रावधान ल्याएपछि दुई वर्षयता अनमी र सीएमए विषयको पढाइ रोकिएको छ । यो वर्ष शिक्षालयमा साढे ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जीर्ण छात्रावासमा २ सय ५० जना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । ‘कुनै पनि बेला भवन भत्किएको खण्डमा विद्यार्थीको ज्यानकै जोखिम छ,’ शिक्षालय प्रमुख थापाले भने, ‘राज्यले जीर्ण संरचनाको स्तर वृद्धिमा ध्यान नदिने हो भने दुर्घटनापछि हेलिकोप्टर लिएर उद्धार गर्न आउनुको औचित्य रहने छैन ।’
शिक्षालयमा प्रशिक्षक र कर्मचारी गरी ५७ जनाको दरबन्दी छ । कर्मचारीतर्फ ३० जना कार्यरत छन् भने प्रशिक्षकतर्फ २७ जना आवश्यक भएकामा शिक्षालय प्रमुखसहित २० जनामात्र कार्यरत छन् । १० वर्षदेखि सीटीईभीटीमा जनशक्ति माग गरिरहे पनि पदपूर्ति गरिएको छैन । जेनतेन शिक्षण कार्य चलिरहेको छ । डिप्लोमा तहमा फार्मेसी तेस्रो वर्षमा अध्ययनरत कमलबहादुर मल्लले शिक्षालयमा आर्थिक संकट भएको असर विद्यार्थीले पनि भोगिरहेको बताए । उनी शिक्षालय बाहिर कोठा लिएर बस्छन् । ‘चुहिने अवस्थामा रहेका पुराना भवनहरूले काम चलिरहेको छ । भिरालो जमिनमा यस्ता जीर्ण भवन भए उहिल्यै भत्किएर काम नलाग्ने भइसक्थे होला,’ उनले भने, ‘जीर्ण कक्षाकोठा र उपयुक्त ल्याब नहुँदा पर्याप्त मात्रामा प्राक्टिकल गर्न पाइएको छैन ।’
शिक्षालयमा प्रयोगशालाहरूको अवस्था पनि नाजुक छ । इन्जिनियरिङ विषयको प्रयोगशाला कामचलाउ खालको छ । ‘फार्मेसी, एग्रिकल्चर र फरेस्ट्रीको ल्याब बल्लतल्ल सेटअप गरेका छौं,’ शिक्षालय प्रमुख थापाले भने, ‘इन्जिनियरिङको ल्याबको एउटै मेसिनको करोड रुपैयाँ पर्ने हुँदा व्यवस्थापन गर्न सकेका छैनौं । ल्याब व्यवस्थित बनाउन स्रोत जुटाउने प्रयास भइरहेको छ ।’
गत आर्थिक वर्षमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट मर्मतका लागि प्राप्त ५० लाख रुपैयाँबाट ६ वटा भवनका जस्तापाता फेर्ने, जीर्ण बनेका पर्खालमा चुना लगाउने, शौचालय र स्नानगृह मर्मतको काम गरिएको थियो । चालु आर्थिक वर्षमा पनि ५० लाख रकम मर्मतका लागि विनियोजन भएको प्रमुख थापाले बताए । यो बजेट पनि छाना र शौचालय मर्मतमै प्रयोग गर्नुपर्ने अवस्था छ । गत वैशाख ११ गते सुर्खेतमा प्रदेश मन्त्री र सांसदहरूबीच सम्पन्न कार्यशाला गोष्ठीमा शिक्षालय मर्मत सम्भारका लागि कम्तीमा १ करोड रुपैयाँ माग गरिएको थियो । उपस्थित सबैले शिक्षालय मर्मतमा चासो देखाउँदै सकारात्मक बने पनि ५० लाख रुपैयाँमात्रै छुट्याइएको छ ।
प्रमुख थापाका अनुसार शिक्षालयबाट चालु शैक्षिक सत्रसम्म आइपुग्दा करिब ७ हजार दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । ‘शिक्षालयबाट उत्पादित दक्ष जनशक्ति राज्यका विभिन्न उच्च ओहदामा मात्र पुगेका छैनन्, सांसद र मन्त्रीसमेत भएका छन्,’ उनले भने, ‘तर, शिक्षालयको अवस्थाबारे कसैलाई वास्ता छैन ।’ यहींबाट इन्जिनियरतर्फको सबओभरसियर पढेका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले शिक्षालयमा संघ, प्रदेश र स्थानीय तह मिलेर लगानी गर्नुपर्ने बताए । ‘यो शिक्षालय जुम्लाको शैक्षिक पर्यटकीय गन्तव्यसमेत हो,’ उनले भने, ‘जुम्ला आएका सबै पर्यटक यहाँ नपुगी फर्कंदैनन्, त्यसैले कर्णालीको इतिहास बोकेको शैक्षिक संस्थाको उन्नतिका लागि सबैको चासो हुन जरुरी छ ।’ स्थापना कालमा साबिक कर्णाली अञ्चलका ५ जिल्लाका साथै जाजरकोट, दैलेख, सुर्खेत, सुदूरपश्चिमको बझाङ र बाजुराका विद्यार्थी यहाँ अध्ययनका लागि आउँथे । बीचमा बझाङ र बाजुरा हटाएर सात जिल्ला कायम गरिएको थियो, अहिले कर्णाली प्रदेशका १० जिल्लामा कार्यक्षेत्र छ ।
शिक्षालय खोल्दाको कथा
युनाइटेड मिसन टु नेपाल (यूएमएन) मार्फत २०३७ सालमा कर्णाली शिक्षालयको स्थापना भएको हो । २०३४ मा झन्डै आधा दर्जन विदेशी पर्यटक नेपालगन्ज हुँदै जहाजमा जुम्ला झरेका थिए । यूएमएनमा आबद्ध उनीहरूले त्यहाँबाट राराताल जाने क्रममा बिहानको खाजा खलंगास्थित घुँघुतीगाउँमा खाए । खाजा खाएको केही समयमै उनीहरूलाई पखाला लाग्यो । औषधि खोजी गर्दा कतै पाइएन । त्यहाँबाट सदरमुकाम खलंगा पुग्न कम्तीमा एक घण्टा लाग्थ्यो । अन्य उपचारको सम्भावना नभएपछि उनीहरू गाउँमै घरेलु उपचार गराएर रारा गए । तिनै विदेशीको अवधारणामा कर्णाली प्राविधिक शिक्षालय स्थापना भएको चन्दननाथ नगरपालिका–२ का कर्णबहादुर भण्डारीले बताए । भण्डारी ०३९ देखि ०५९ सालसम्म शिक्षालयमा स्टोर शाखा प्रमुखका रूपमा कार्यरत थिए ।
जुम्लाको खलंगादेखि रारा उक्लिँदा घुँघुतीगाउँ हुँदै हिँड्नुपर्थ्यो । अहिले पनि जुम्लाबाट पैदल रारा जानेहरू यही बाटो भएर हिँड्छन् । यहाँबाट रारा पुग्न पर्यटकलाई दुई दिनसम्म लाग्छ । दुर्गमको स्वास्थ्य समस्या निराकरण गर्न प्राविधिक धारको शिक्षालय यहाँ खोल्नुपर्ने देखेर रारा घुमेर फर्किसकेपछि यूएमएनको टोलीले काठमाडौं फर्किएपछि शिक्षालयका लागि दाता खोजी गरेको थियो । त्यसपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्थापना भएको हो । ‘यहाँ आएका पर्यटककै पहलमा स्वास्थ्यकर्मी, पशु प्राविधिक र अन्य दक्ष जनशक्ति उत्पादन गर्न शिक्षालय स्थापना गरिएको हो,’ पूर्वस्टोर शाखा प्रमुख भण्डारीले भने, ‘अहिले शिक्षालयबाट उत्पादन भएका कुनै पनि जनशक्ति बेरोजगार बस्नुपरेको छैन ।’

पूर्वसदस्य–सचिव, सीटीईभीटी
कर्णाली प्राविधिक शिक्षालय ट्रेड स्कुलको अवधारणामा खुलेको हो । सीटीईभीटी स्थापना हुनुअघि नै त्यो खुलिसकेको थियो । कर्णालीका प्रत्येक जिल्लाका घरघरमा गएर विद्यार्थी छानेर भर्ना गरिन्थ्यो । जो पायो त्यसले भर्ना पाउँदैन्थ्यो । उनीहरूको काम गर्ने क्षमता र इच्छाशक्ति पनि हेरिन्थ्यो । हातमा फोका उठेका विद्यार्थीलाई काम गर्न सक्छ भनेर भर्नामा प्राथमिकता दिइन्थ्यो । त्यहाँ कृषि, सिभिल र स्वास्थ्यको पढाइ हुन्थ्यो । विद्यार्थीलाई समुदायमा पठाएर अभ्यास गराउने परिपाटी थियो । ९ महिनासम्म तालिम गरेर पूर्ण रूपमा सिक्थे । पछि तालिमलाई कोर्सबाट हटाइयो । अहिले विद्यार्थी छनोट जिल्लामा गएर हुँदैन । टाठाबाठा विद्यार्थी मात्रै आउन थाले ।
कर्णाली प्राविधिक शिक्षालयबाट उत्पादित जनशक्ति प्राविधिक क्षेत्रको उच्च तहसम्म पुगेको छ । अहिले त सामुदायिक विद्यालयमा पनि प्राविधिक धार भनेपछि विद्यार्थी आउन छाडे । स्कुलमा पूर्वाधार र शिक्षक छैनन् । सैद्धान्तिक र प्रयोगात्मक कुनै पनि ज्ञान हुनै छाडेको छ । पहिले प्रिन्सिपलको भ्यालु एकदमै धेरै थियो । अहिले प्रिन्सिपल बन्नै चाहँदैनन् । राजनीतिक आस्थाका आधारमा प्रिन्सिपल छनोट गर्दा पनि स्तर खस्केको छ । कुनै बेला कर्णाली, बालाजु, जिरी, लहान, धनकुटाका पुराना प्राविधिक शिक्षालय एक नम्बरमा पर्थे । अहिले धराशायी बनेका छन् । ४० जना विद्यार्थीका लागि हजार जनाको दरखास्त पर्थ्यो । अहिले कोटा पनि पूरा गर्न हम्मेहम्मे छ । गुणस्तर पनि खस्केर गएको छ । पहिलेकै मोडेल एक ठाउँमा ४/५ हजार विद्यार्थी पढाउने बहुप्राविधिक शिक्षालयको मोडलमा जानुपर्छ । त्यसो गर्दा खर्च कम लाग्छ । विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन् । होस्टल बनाएर विद्यार्थी राख्न सकिन्छ ।
अहिले गाउँगाउँमा शिक्षालय खोल्दा खर्च बढेको छ । गुणस्तरीय जनशक्ति पनि उत्पादन हुन सकेको छैन । १० वटा पालिकाले प्राविधिक शिक्षामा गर्ने लगानी एक ठाउँमा गर्न सके ठूला र नमुना बहुप्राविधिक शिक्षालय बनाउन सकिन्छ । ३० प्रतिशतभन्दा कम विद्यार्थी भएकालाई समायोजन गर्नुपर्छ । राज्यको नीतिका कारण पनि पुराना प्राविधिक शिक्षालय कमजोर बनेका छन् । बहुप्राविधिक शिक्षालय खोल्न शैक्षिक र भौतिक पूर्वाधारमा लगानी गरिनुपर्छ ।
Source: Ekantipur