अवैध लागुऔषध गाजा सहित आँबुखैरेनीबाट १ जना पक्राउ

आँबुखैरेनी, ११ भाद्र  । अवैध लागु औषध गाँजा सहित तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट १ जना पक्राउ परेको छ । पक्रउ पर्नेमा चितवन इच्छाकामना गाउँपालिका वडा नं. ६ चण्डिभञ्ज्याङ्गका ३० वर्षीय तिलक गुरुङ रहेको छ ।

गुरुङलाई अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ८ः३० बजेतिर चेकजाँच गर्ने क्रममा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ ख ९७१ नं. को बसमा झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १ किलो गाँजा सहित पक्राउ गरेको हो ।

उक्त लागु औषध सहित पक्राउ परेका निज तिलक गुरुङलाई तनहुँ जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।